कला/मनोरञ्जन

निशुको निशानी सार्वजनिक

हिमालय टिभी
२०७७ चैत १६ गते १७:०५
निशुको निशानी सार्वजनिक

काठमाडौं । गायिका निशु ढकालको नयाँ गजल (गीत) सार्वजनिक भएको छ ।

निशुको ‘बित्यो बाटो पर्खेर जवानी मेरो, भिज्यो सम्झनामै शिरानी मेरो‘’ बोलको गजल सार्वजनिक भएको हो ।

रामचन्द्र तिमल्सिनाको शब्द र निशुको आवाजमा रहेको गजल नविन के तिमल्सिनाले कम्पोज तथा एरेञ्ज गरेका हुन् ।

म्युजिक भिडियोमा गीता ढुङ्गाना, विजय पुन, रामबाबु रेग्मी र किशोर गौतम लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रणेश श्रेष्ठको कोरियोग्राफी रहेको म्युजिक भिडियो ज्ञानेन्द्र शर्मा हुमागाईले भिडियो खिचेका हुन् । नविन के तिमल्सिनाले नै भिडियो निर्देशन गरेका हुन् ।

लामो समयदेखि गायनमा सक्रिय निशुको यो फरक शैलीको गीतको म्युजिक भिडियोमा एउटा वियोगान्त प्रेमकथा समावेश छ ।

भिडियोमा एउटी राजकुमारी र सेनापतिबीचको प्रेमकथा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *