खेलकूद

त्रिदेशीय अन्तर्राष्ट्रिय फूटबल उपाधिका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै

हिमालय टिभी
२०७७ चैत १६ गते ९:३०
त्रिदेशीय अन्तर्राष्ट्रिय फूटबल उपाधिका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै

१६ चैत २०७७ काठमाडौं । त्रिदेशीय कप अन्तर्राष्ट्रिय फूटबलको उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ५ः३० बजे शुरु हुनेछ । दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिने छन् ।

नेपाली राष्ट्रिय फूटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले फाइनलमा टिमको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताउनुभएको छ ।

फाइनल अघि हिजो भएको प्रि–म्याच कन्फरेन्समा बोल्दै मुख्य प्रशिक्षक महर्जनले नेपालको मुख्य लक्ष्य भनेकै गोल गर्दै नतिजा निकाल्नु हुने बताउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्