समाज

जोखिमपूर्ण व्यापार : हजारौं किलो बाँससहित यसरी नदीको यात्रा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १५ गते १४:५१
जोखिमपूर्ण व्यापार : हजारौं किलो बाँससहित यसरी नदीको यात्रा (भिडियो रिपोर्टसहित)

१५ चैत २०७७ धनकुटा । पानीसँग खेल्नु आफैंमा जोखिमपूर्ण हुन्छ । अझै टनको भारीका साथमा नदीमा डुबेर यात्रा गर्नु त झनै जोखिमपूर्ण हुन्छ । तर पनि यो जोखिमको कुनै प्रवाह नगरी सुनकोशी, अरुण र तमोर नदी हुँदै सप्तकोशी नदीको चतरासम्म बाँस ओसार्ने गरिएको छ ।

सप्तकोशीको चतराभन्दा माथिल्लो तटमा यस्तो दृश्य सामान्य हो । सुनकोशी, अरुण र तमोर नदी हुँदै सप्तकोशीमा यसरी बाँस ओसारेर धेरैले जिविकोपार्जन गरिररहेका छन् । नदी आसापासबाट यसरी नदीमा बगाउँदै टनका टन बास सुनसरीको चतारा लैजाने गरिएको छ ।

शहीदभूमि गाउँपालिका –१ त्रिवेणी आसपासका धनकुटा भोजपुर र उदयपुरका बासिन्दाले हरेक वर्ष बाँस बेच्ने गरेका छन् । यसबाट एउटै परिवारले वर्षमा डेढ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।

यसरी बास ओसार्नेले एक पटक चतरा पुर्‍याउँदा १५ हजार रुपैयाँसम्म आम्दानी गर्छन् ।

यसरी बास ओसार्दा ढुङ्गामा ठोक्किएर तथा भङ्गालोमा परे मानिसको ज्यान नै खतरामा पर्ने संभावना हुन्छ । यसरी बाँस ओसार्दा कुनै दुर्घटना भए पौडनुबाहेकको कुनै उपाय छैन ।

खोला सोल्सीमा खेर जाने बाँसबाट गाउँलेले लाखौं आम्दानी गर्नु निकै राम्रो हो । तर ओ‌सार पसार गर्दा सुरक्षाका उपाएतिर पनि ध्यान दिनु आवस्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *