कालोपत्रे गरेको दुई महिना नबित्दै यसरी भत्कियो कञ्चनपुरको सडक (भिडियो रिपोर्टसहित)

१५ चैत २०७७ कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३ नौलाखेतमा बनेको सडक दुई महिना पनि नपुग्दै भत्किन थालेको छ । सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटबाट बनेको सडक भत्किन थालेपछि स्थानीय बासिन्दा चिन्तित छन् ।
कञ्चनपुरको नौलाखेतमा बनेको सडक । भौतिक पूर्वाधार विकास मन्त्रालयको १९ लाख ३१ ह्जार ४ सय २५ रुपैयाको बजेटमा महेन्द्रनगरको श्यामा श्यामा कन्स्ट्रक्सनले ६५ मिटर आरसिसी र ९८ मिटर कालोपत्रे गरेर यो सडक बनाएको हो । तर सडक बनेको दुई महिनामा नै पीच यसरी उप्किन थालेको छ । सडकको ठाउँ ठाउँमा खाल्डा परेको छ ।
ठेकेदारले कमसल खाले निर्माण सामग्री प्रयोग गरेका कारण सडक भत्किन थालेको स्थानीय बासिन्दा बताउँछन् । उनीहरु सडक भत्केपछि चिन्तित छन् ।
सडक बनाउने बेलामा नै स्थानीय जनप्रतिनिधिले बाटो राम्रो र बलियो बनाउन निर्माण कम्पनीलाई भनेका थिए । तर कम्पनीले मानेन ।
निर्माणको समयमा सडक ठिकै थियो । तर अहिले आएर सडक भासिन थालेको जानकारी पूर्वाधार विकास कार्यालय कञ्चपुरलाई छ । त्यसैले कार्यालयले सडकको अनुगमन गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया