कला/मनोरञ्जन

चापागाईँ र शाक्यले जिते मोडल हन्ट छैटौं संस्करणको उपाधि

हिमालय टिभी
२०७७ चैत १५ गते १३:१४
चापागाईँ र शाक्यले जिते मोडल हन्ट छैटौं संस्करणको उपाधि

१५ चैत २०७७ काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरको त्रासकाबीच काठमाडौंमा मोडल हन्टको छैटौं संस्करण भएको छ ।

३४ जना युवा र ३२ जना युवतीबीच भएको प्रतिस्पर्धामा प्रवीण चापागाई र अनिशा शाक्यले बेस्ट मोडलको उपाधि जितेका छन् ।

विजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सप्ताहमा सहभागी हुन पाउने छन् ।

शनिबार भएको प्रतियोगिताका सहभागीका लागि आईसी कलेज अफ आर्ट एण्ड फेसनका सत्रौं ब्याचका ३४ जना विद्यार्थीले विभिन्न आकर्षक पोशाक तयार पारेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *