खेलकूद

आर्मी क्लब र किर्गिस्तान टीमबीचको आजको फुटबल खेल निःशुल्क हेर्न पाइने

हिमालय टिभी
२०७७ चैत १५ गते ९:३८
आर्मी क्लब र किर्गिस्तान टीमबीचको आजको फुटबल खेल निःशुल्क हेर्न पाइने

१४ चैत २०७७ काठमाडौं । त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ ।

एएफसी कप २०२१ प्ले अफको तयारीमा जुटेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू–२३ टीमबीच मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो ।

त्रिभुवन आर्मीका जर्जप्रीन्स कार्कीको कप्तानीमा दिउँसो ३ः३० बजे हुने उक्त खेल रङ्गशाला पुग्ने जोसुकैले निःशुल्क हेर्न सक्ने व्यवस्था मिलाइएको सेनाले जानकारी दिएको छ ।

त्रिभुवन आर्मी क्लब नेपालको च्याम्पियनशीप विभागीय टीम हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्