विश्वकप छनोट खेलमा पोर्चुगल सर्बियासँग बराबरीमा रोकियो
१५ चैत २०७७ काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनौटको दोस्रो खेलमा पोर्चुगल बराबरीमा रोकिएको छ ।
समूह ए अन्तर्गत गएराति पोर्चुगल र सर्बियाले २–२ गोलको बराबरी खेलेका हुन् । सर्बियाको मैदानमा पोर्चुगलले शुरुवाती अग्रता जोगाउन नसक्दा अंक बाँड्नु परेको हो ।
डिओगो जोटाले ११औं र ३६औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा सर्बियाले दुई गोल थप्न सफल भयो ।
उसका लागि ४६औं मिनेटमा एलेक्सजाण्डर मित्रोभिक र ६० औं मिनेटमा फिलिप कोष्टिकले गोल गरेका थिए ।
यही समूहको अर्को खेलमा लक्जमवर्गले रिपब्लिक अफ आयरल्याण्डलाई १–० ले हरायो । समूह ए मा २ खेलबाट समान ४ अंकसहित सर्बिया पहिलो तथा पोर्चुगल दोस्रो स्थानमा छन् ।
समूह ई मा चेक रिपब्लिक र बेल्जियमले १–१ बराबरी खेल्दा बेलारुसले इस्टोनियामाथि ४–२ को जित निकाल्यो ।
त्यस्तै समूह जी अन्तर्गत टर्कीले नर्वेलाई ३–०, नेदरल्याण्ड्सले लात्भियलाई २–० र मोन्टेनेग्रोले जिब्राल्टरलाई ४–१ ले, समूह एचमा रसियाले स्लोभेनियालाई २–१ र क्रोएसियाले साइप्रसलाई १–० ले हराउँदा स्लोभेकिया र माल्टा २२ गोलको बराबरीमा रोकिए ।
प्रतिक्रिया