किर्गिजस्तान र त्रिभुवन आर्मीबीच आज मैत्रीपूर्ण खेल हुँदै
१५ चैत २०७७ काठमाडौं । तीन देशीय प्रतियोगिता खेल्न नेपाल आएको किर्गिजस्तानको २३ वर्षमुनिको राष्ट्रिय फूटबल टोलीसँग नेपालको ए डिभिजन क्लब त्रिभुवन आर्मी क्लबले मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ।
दशरथ रंगशालामा आज मैत्रीपूर्ण खेल हुन लागेको अखिल नेपाल फूटबल संघ (एन्फा)ले जनाएको छ। खेल दिउँसो साढे ३ बजे हुनेछ।
साथै दर्शकले निःशुल्क खेल हेर्न पाउनेछन्। त्रिभुवन आर्मी एएफसी कपको प्रारम्भिक चरणको खेला आगामी अप्रिल ७ देखि सुरु गर्दै छ। पहिलो खेल उक्त मितिमा आर्मीले श्रीलंका पोलिससँग खेल्दै छ।
यो मैत्रीपूर्ण खेल त्यसकै तयारीस्वरुप खेल्न लागेको हो। तीन देशीय प्रतियोगिताबाट किर्गिज टोली बाहिरिसकेको छ।
नेपालले बंगलादेशसँग हिजो गोलरहित बराबरी खेलेर फाइनल पुगेसँगै किर्गिजस्तान प्रतियोगिताबाट बाहिरिएको हो। फाइनल खेलमा भोलि नेपाल र बंगलादेश भिड्ने छन्।
प्रतिक्रिया