कला/मनोरञ्जन
द भ्वाइस अफ नेपाल सिजन–३ दर्शकमाझ लोकप्रिय बन्दै (ट्रेन्डिङमा परेका भिडियोसहित)
२०७७ चैत १४ गते १९:१४
१४ चैत २०७७ काठमाडौं । हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको गायन रियालिटी सो द भ्वाइस अफ नेपाल सिजन थ्री दर्शक माझ लोकप्रिय बनेको छ ।
अहिलेसम्म द भ्वाइस अफ नेपाल सिजन थ्रीका ३ वटा इपिसोड प्रशारण भएको छ । पहिलो दोश्रो र तेश्रो तीन वटै इपिसोड युट्युबको ट्रेडिङ्गमा क्रमश शीर्ष ३ मा छन् । र पहिलो इपिसोडलाई अहिलेसम्म ४० लाख पटक दोश्रो ३२ लाख र तेश्रो २० लाख पटक भन्दा बढी हेरिएको छ ।
शुक्रबार र शनिबार बेलुकी ८ बजेपछि हिमालय टेलिभिजन एचडीबाट प्रशारण हुँदै आएको द भ्वाइस अफ नेपाल सिजन थ्रीमा अहिले ब्लाइन्ड अडिसन चलिरहेको छ ।
आज ८ बजेपछि चौथो इपिसोड प्रशारण हुने छ । द भ्वाइस अफ नेपाल सिजन थ्रीलाई ओप्पोले मुख्य प्रायोजन गरेको छ ।
प्रतिक्रिया