विदेश

उत्तर कोरियाद्वारा सी अफ जापानमा दुई वटा ब्यालेस्टिक मिसाइल प्रहार

हिमालय टिभी
२०७७ चैत १२ गते ८:३७
उत्तर कोरियाद्वारा सी अफ जापानमा दुई वटा ब्यालेस्टिक मिसाइल प्रहार

१२ चैत २०७७ काठमाडौं । उत्तर कोरियाले सी अफ जापानमा आज दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।

उत्तर कोरियाले सी अफ जापानमा लगातार दुई ब्यालेस्टिक मिसाइल प्रहार गरेको जापान र अमेरिकी अधिकारीले दाबी गरेका छन् । अमेरिकाको सत्तामा जो बाइडेन आएपछि उत्तर कोरियाले पहिलोपटक दुईवटा मिसाइल परीक्षण गरेको हो ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको प्रावधान विपरीत उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको हो । जापानले मिसाइल परीक्षणको पुष्टि गर्दै आफ्नो जल क्षेत्रमा भने मिसाइलका कुनै पनि भग्नावशेष वा अंश आइनपुगेको जनाएको छ ।

गत साता पनि उत्तर कोरियाले यल्लो सीमा दुईवटा नन–ब्यालेस्टिक क्रुज मिसाइल प्रक्षेपण गरेको थियो । क्रुज मिसाइलको परीक्षण भने प्रतिबन्धित छैन ।

जापनका प्रधानमन्त्री योहिहिदे सुगाले उत्तर कोरियाले आज गरेको मिसाइल परीक्षणले क्षेत्रीय सुरक्षा र शान्तिमा खतरा पैदा गरेको बताएका छन् । दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यास गरेकामा उत्तर कोरियाले अमेरिकाको आलोचना गर्दै आएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले उत्तर कोरियासँग वार्ताका लागि प्रयास गरिरहेको समाचार सार्वजनिक भएसँगै उत्तर कोरियाले मिसाइल प्रक्षपण थालेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *