खेलकूद

त्रिदेशीय कप अन्तर्राष्ट्रिय फूटबलमा आज नेपाल र किर्गिस्तान भिड्दै

हिमालय टिभी
२०७७ चैत १२ गते ८:२९
त्रिदेशीय कप अन्तर्राष्ट्रिय फूटबलमा आज नेपाल र किर्गिस्तान भिड्दै

१२ चैत २०७७ काठमाडौं । त्रिदेशीय कप अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फूटवलको आफ्नो पहिलो खेलमा नेपालले आज किर्गिस्तानको २३ वर्षमुनिको टिमसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगलाशालामा खेल सांझ साढे पाँच बजे शुरु हुनेछ । किर्गिस्तानको युवा टोलीले आफ्नो पहिलो खेलमा बंगलादेशसँग एक शुन्यको हार बेहोरेको थियो ।

नेपाली टिमका पशिक्षक बालगोपाल महर्जनले किर्गिस्तानले बंगलादेशविरुद्ध आफुले सोचेभन्दा कमस्तरको प्रदर्शन गरेको बताएका छन । तर यसो भन्दैमा विपक्षीलाई कम नआक्ने उनको भनाइ छ ।

किरण चेम्जोङले घरेलु मैदानमा पहिलो पटक कप्तानी गर्दैछन् । ६ वर्षपछि समर्थकबीच दशरथ रंगशालामा आफ्नो नेतृत्वमा खेल्न पाउदा उत्साहित भएको उनको भनाइ छ ।

भारतको आइ लीग खेलेर तीन दिन अगाडी मात्र नेपाल आएका किरणले लामो समयपछि घरेलु मैदानमा खेल्न निकै आतुर रहेको बताएका छन् । नेपालले पछिल्लो पटक सन २०१५ मा विश्वकप छनोटमा भारतविरुद्ध दरशथ रंगशालामा खेलेको थियो ।

सो खेल गोलरहित बराबरीमा सकिएको थियो । गत वर्ष भएको १३ औं सागमा २३ वर्ष मुनिको टोलीले रंगशालामा खेल्दै स्वर्ण पदक जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्