राजनीति

प्रधानमन्त्री ओलीका कारण राष्ट्रिय स्वाधिनता कमजोर भएको प्रचण्डको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ११ गते १५:०७
प्रधानमन्त्री ओलीका कारण राष्ट्रिय स्वाधिनता कमजोर भएको प्रचण्डको आरोप (भिडियो रिपोर्टसहित)

११ चैत २०७७ काभ्रे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेपालको राष्ट्रिय स्वाधिनता कमजोर भएको आरोप लगाउनुभएको छ ।

आफू निकट उद्योगी व्यवसायीलाई धुलिखेलमा सम्बोधन गर्दै प्रचण्डले अहिले नेपालको निर्णय गर्ने अधिकार विदेशीले खोस्न खोजेको बताउनुभएको हो ।

विदेशी शक्ति र देशकै प्रतिगामी शक्तिले प्रधानमन्त्री ओलीलाई प्रयोग गरेको प्रचण्डको आरोप छ ।

संसद परनर्स्थापना भएपनि अझै खतरा रहेको भन्दै सबै सचेत हुनुपर्नेमा प्रचण्डले जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नै कारण मुलुकको राष्ट्रिय स्वाधिनता बलियो भएको दावी गरिरहेका बेला केही दिनयता प्रचण्डले ओलीमाथि विदेशीको योजनामा चलेको आरोप लगाइरहनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्