समाज

पार्किङ गर्ने ठाउँ नहुँदा बागलुङ बजार अस्तव्यस्त (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ११ गते १४:४२
पार्किङ गर्ने ठाउँ नहुँदा बागलुङ बजार अस्तव्यस्त (भिडियो रिपोर्टसहित)

११ चैत २०७७ बागलुङ । गण्डकी प्रदेशको दोश्रो व्यापारिक केन्द्र बागलुङ बजारमा साना ठुला सवारी साधन पार्किङ गर्ने ठाउँ नहुँदा बजार अस्तव्यस्त हुन थालेको छ । जसका कारण सवारी साधन चालक यात्रु र स्थानीय बासिन्दाले सास्ती खेप्नु परेको छ ।

गण्डकी प्रदेशको दोस्रो ठूलो ब्यापारी केन्द्र बागलुङ सदरमुकाम बागलुङ नगरपालिकाको बजार क्षेत्रमा व्यवस्थित पार्किङ नहुँदा समस्या भएको छ । सदरमुकाम बागलुङ बजारमा रहेको बसपार्क सानो भएका कारण सवारी पार्किङ गर्न समस्या भएको हो ।

पुरानो संरचना अनुसार बनेको बागलुङ बजारमा मोटरसाइकल, स्कुटरलगायतका सवारी साधन प्रयोगकर्ता ह्वात्तै बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले सरोकारवालासँग समन्वय गरेर बजार भित्र ३–३ दिन एकतर्फी पार्किङको ब्यबस्था गरेको छ ।

जथाभावी रोकिएका सवारी साधनका कारण पैदल यात्रुलाई हिडडुल गर्न समेत सास्ती परिरहेको छ । दैनिक सयौ सवारी चल्ने साँघुरो सडकका कारण दुर्घटनाको जोखिम समेत बढेको छ ।

बजार क्षेत्रमा जथाभावी निर्माण सामग्री राख्ने, गाडी पार्किङ गर्ने गरेकाले दैनिक जसो सवारी साधनहरु जाम हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको छ ।

बागलुङ नगरपालिकाले पटक पटक बजार ब्यवस्थापन गर्ने ठेला लगायतका ब्यापार बजार भित्र गर्न नपाइने सवारी पार्किङ व्यवस्थित रूपमा बनाउने भनेर प्रचार प्रसार गरिरहेको छ । तर निर्वाचित प्रतिनिधि आएको ३ बर्ष बितिसक्दा समेत १ प्रतिशत पनि प्रगति हुन नसकेको उद्योगीको आरोप छ ।

बागलुङ सदरमुकाममा चार दर्जन भन्दा बढी बैंक बित्तिय संघसंस्था संचालनमा भए पनि कसैले पनि सवारी साधन पार्किङ गर्ने ठाउँ बनाएका छैनन् ।

राजमार्ग मात्र नभई सदरमुकाम आसपासमाआवागमन गर्ने मुख्य सडकको विषयमा पटक पटकआवाज उठिसक्दा पनि बागलुङ नगरपालिकाले गम्भीरतापूर्वक सवारी साधन पार्किङ गर्ने ठाउँ बनाउन नसक्दा बजार क्षेत्र व्यवस्थित हुन सकेको छैन ।

बागलुङ नगरपालिकाले बजार भित्र पार्किङ स्थल बनाउने कुरा पटक पटक गरे पनि अहिलेसम्म ब्यवस्थापन हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *