खेलकूद

इंग्ल्याण्डविरुद्धको तीन एक दिवसीय क्रिकेटमा भारतको विजयी शुरुवात

हिमालय टिभी
२०७७ चैत ११ गते ८:२२
इंग्ल्याण्डविरुद्धको तीन एक दिवसीय क्रिकेटमा भारतको विजयी शुरुवात

११ चैच २०७७ नयाँ दिल्ली । इंग्ल्याण्डसँगको तीन एक दिवसीय क्रिकेट शृङ्खलामा भारतले विजयी शुरुवात गरेको छ ।

शृङ्खलाको पहिलो खेलमा भारतले इंग्ल्याण्डलाई ६६ रनले पराजित गरेको हो । भारतको पुणेमा भएको खेलमा भारतले इंग्ल्याण्डलार्य जितका लागि ३१८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको भारतले पाँच विकेटको क्षतिमा ३१७ रन बनायो । विशाल लक्ष्य पछ्याएको इंग्ल्याण्डले ४२ ओभर एक बलमा २५१ रन मात्रै बनाउन सक्यो।

पहिलो खेल खेलिरहेका तीव्र गतिका बेलर प्रसिद्ध कृष्णले शानदार प्रदर्शन गर्दै ८ ओभर १ बलमा मात्रै ५४ रन दिएर चार विकेट लिए । इंग्ल्याण्डका लागि ओपनर जोनी बेयरस्टोले ६६ बलमा ९४ रन बनाए ।

भारतका लागि ओपनर शिखर धवनले ९८ तथा केएल राहुलले अविजित ६२ रन बनाए । यस्तै क्रुणाल पाण्डेयले अविजित ५८ तथा कप्तान विराट कोहलीले ५६ रन बनाए ।

भारतले खेलमा ६६ रनको जित दर्ता गरेर तीन खेलको शृङ्खलामा १–० को अग्रता लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *