खेलकूद

थ्री नेसन्स कपले प्रर्शन सुधार गर्ने प्रशिक्षक महर्जनको आशा, प्रतियोगिताले खेलाडी उत्साहित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १० गते ६:२४
थ्री नेसन्स कपले प्रर्शन सुधार गर्ने प्रशिक्षक महर्जनको आशा, प्रतियोगिताले खेलाडी उत्साहित (भिडियो रिपोर्टसहित)

१० चैत २०७७ काठमाडौं । नेपाल, बंगलादेश र कीर्गिस्तान सम्मिलित थ्री नेशन्स कप फुटबल आजदेखि काठमाडौंमा शुरू हुँदैछ । करिब ६ वर्षपछि घरेलु मैदानमा खेल्न लाग्दा नेपाली सिनियर टोली उत्साहित छ । नेपाल सहित सहभागी तीनवटै राष्ट्रले उपाधिमा दाबेदारी भन्दा पनि यो प्रतियोगितालाई प्रदर्शन सुधार्ने अवसरका रुपमा लिएका छन् ।

दशरथ रंगशालामा भोलिदेखि हुन लागेको बंगलादेश र कीर्गिस्तान सम्मिलित थ्री नेशन्स कप फुटबल प्रतियोगितालाई नेपालले अभ्यास खेलका रुपमा लिएको छ । प्रि म्याच कन्फ्रेन्समा मुख्य प्रशिक्षक बालगोपाल महर्जनले जित हार भन्दा पनि राम्रो प्रदर्शन गर्नेमा आफू केन्द्रित रहेको प्रतिक्रिया दिएका छन् । विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा हुने खेलका लागि नेपालले ३ महिनादेखि तयारी गरिरहेको छ । त्यसैले यो प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने उनको लक्ष्य छ ।

टोलीमा नयाँ र अनुभवी खेलाडीको मिश्रण छ, एक दुई जना बाहेक सबै खेलाडी पूर्णरुपमा फिट छन् । नेपालको कप्तानी किरणले गर्नेछन् । भारतमा आई लिग खेलिरहेका किरण यसै प्रतियोगिताका लागि नेपाल आएका छन् । यस्तै महर्जनले उपकप्तानको जिम्मेवारी अनुभवी मिडफिल्डर रोहित चन्दलाई दिएका छन् । विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा हुने खेल रोकिएपछि निराश खेलाडी यो प्रतियोगिताले उत्साहित भएको रोहितले बताए ।

विश्वकप छनोटका खेल सरेपछि अखिल नेपाल फुटबल संघ एन्फाले कीर्गिस्तान, बंगलादेश र नेपाल सम्मिलित प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा बंगलादेश र नेपालबाट सिनियर टोलीले नै खेल्नेछन् भने किर्गिस्तानले २३ वर्ष मुनिको टोली पठाएको छ ।

यस प्रतियोगिताका लागि दुवै विपक्षी टोलीको जानकारी राखेको कीर्गिस्तानका प्रशिक्षक झोल्डोशोभ नुर्बेकले बताए । तर घरेलु लिगका कारण तयारी पर्याप्त नभएपनि राम्रो प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए ।

बंगलादेशले पनि यो प्रतियोगितालाई विश्वकप छनोटको तयारीको रुपमा लिएको छ । त्यसैले बंगलादेशले टोलीमा ६ जना नयाँ खेलाडी ल्याएको भन्दै सबैलाई मौका दिने मुख्य प्रशिक्षक जेमी डेले बताए ।

प्रतियोगिताको पहिलो खेलमा कीर्गिस्तान र बंगलादेश खेल्ने छन् । नेपालले आफ्नो पहिलो खेलमा किर्गिस्तानसँग १२ गते खेल्नेछ । १४ गते नेपालले बंगलादेशको सामना गर्नेछ । राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली फाइनलमा पुग्नेछ । कुल ४ खेल हुने प्रतियोगिताको फाइनल १६ गते हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्