खेलकूद

मेस्सीको कीर्तिमानी खेलमा बार्सिलोनाको शानदार जित

हिमालय टिभी
२०७७ चैत ९ गते ७:५६
मेस्सीको कीर्तिमानी खेलमा बार्सिलोनाको शानदार जित

९ चैत २०७७ काठमाडौं । कप्तान लियोनल मेस्सीको कीर्तिमानी खेलमा बार्सिलोनाले शानदार जित निकालेको छ ।

क्लबबाट सर्वाधिक खेलमा सहभागी हुने खेलाडी बनेका मेस्सीको दुई गोलको मद्दतमा बार्सिलोनाले रियल सोसिडाडलाई ६–१ ले पराजित गरेको हो । मेस्सीले जावीको कीर्तिमान भंग गरेका हुन् ।

कीर्तिमानी ७६८ औँ खेलमा सहभागी भएका मेस्सीले आइतबार राति ला लिगामा दुई गोल गरे । अवे मैदानमा भएको खेलमा बार्सिलोनाका लागि मेस्सीले ५६ र ८९ औँ मिनेटमा गोल गरेका हुन् ।

३७ औँ मिनेटमा एन्टोनी ग्रिजम्यान, ४३ र ५३ औँ मिनेटमा सर्जिनो डेस्ट तथा ७१ औँ मिनेटमा उस्मान डेम्बेलेले गोल गरेका हुन् । रियल सोसिडाडका लागि बारेनेटक्सले ७७ औँ मिनेटमा एक गोल फर्काए ।

जितपछि बार्सिलोना पुनः दोस्रो स्थानमा उक्लिएको छ । उसको २८ खेलबाट ६२ अंक भएको छ । शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ६६ तथा तेस्रो स्थानको रियल मड्रिडको ६० अंक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्