समाज

पर्साको सर्सिया खोला ढलमा परिणत, स्थानीय सरकार र बासिन्दा उदासिन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ८ गते १७:५१
पर्साको सर्सिया खोला ढलमा परिणत, स्थानीय सरकार र बासिन्दा उदासिन (भिडियो रिपोर्टसहित)

८ चैत २०७७ पर्सा । पर्साको वीरगञ्ज हुँदै बग्ने सरिस्वा खोला धार्मिक महत्वको छ । तर कलकारखाना, स्थानीय सरकार र स्थानीय बासिन्दाका कारण यो खोला ढलमा परिणत भएको छ । खोलाको प्रदुषण रोक्ने प्रशासनको प्रतिबद्धता छ । तर प्रतिबद्धता अनुसार काम नहुँदा खोलाको पानी खेतबारीमा समेत हाल्न नमिल्ने भएको छ ।

सरिस्वा बारा र पर्सा हुँदै बग्ने खोला हो । खोलाको मुहानतिर स्वच्छ र सफा पानी भए पनि त्यसभन्दा तल करिव २० किलोमिटर क्षेत्रमा प्रदुषित कालो र फोहोर पानी बग्ने गरेको छ ।

बारा–पर्साको धार्मिक आध्यात्मिक र कृषिसँग जोडिएको सरिस्वा खोला प्रदुषणको चपेटामा परेको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका र पर्साको वीरगञ्ज महानगरपालिकाको औद्योगिक क्षेत्रमा रहेका कलकारखानाबाट निस्कने फोहोर सिधै खोलामा हालिएको छ । छाला,डन्डी, छड,घिउलगायतका उद्योगले फोहर र नाला सिधै हालेकाले यो खोला, खोला नभइ ढल बनेको हो ।

खोला फोहोर गर्न उद्योग मात्र जिम्मेवार छैनन् । खोला किनारमा नै यसरी बारा पर्साका स्थानीय तहले फोहोर थुपार्छन् । त्यसैले सरकार कै कारण खोला फोहोर भएको हो भन्नुहुन्छ पत्रकार चन्द्र किशोर ।

स्थानीय बासिन्दाले घरको फोहोर बोरामा हालेर यसरी खोलामा फाल्छन् । जसले गर्दा खोला यति दुषित भएको छ कि यो खोलाको पानी किसानले खेतबारीमा समेत लगाउन सक्दैनन् । यो पानी हाल्दा बाली नै बिग्रने किसानको गुनासो छ ।

बारा पर्साबाट निस्किने फोहोर तथा मृत जनावरसमेत खोलामा फाल्ने गरेको छन् । प्रदुषण रोक्ने माग गर्दै अधिवक्ता सुरेन्द्र कुर्मी अदालत नै पुग्नुभएको छ । तर पनि केही भएको छैन ।

खोला फोहोर गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता छ जिल्ला प्रशासन कार्यालय पर्साको पनि ।

शहरी क्षेत्रको चपेटामा पर्ने वीरगञ्जका सरिस्वा खोला एउटा उदाहरण मात्र हो । देशभरीकै शहरी क्षेत्र हुँदै बग्ने खोला ढलमा परिणत भएका छन् । त्यसैले खोला र नदी सफा राख्न स्थानीयबासिन्दासँग सँगै सरकारले पनि आवश्यक कदम चाल्न ढिलो भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *