खेलकूद

भोलि महिला र पर्सि पुरुष खेलाडीको तलब भुक्तानी गर्ने क्यानको निर्णय

हिमालय टिभी
२०७७ चैत ८ गते १७:३९
भोलि महिला र पर्सि पुरुष खेलाडीको तलब भुक्तानी गर्ने क्यानको निर्णय

८ चैत २०७७ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीको केन्द्रीय अनुबन्धनमा रहेका महिला र पुरुष खेलाडीको गत वर्षको पारिश्रमिक पर्सिसम्ममा दिने भएकोछ ।

क्यानको आर्थिक समितिको बैठकले अनुबन्धनमा रहेका सबै खेलाडी र मैदानका कर्मचारीको गत वर्षको पारिश्रमिक सोमबार र मंगलबार दिने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट खेलाडी र ग्राउण्ड स्टाफ लगाएको रकम निकासा भइसकेको भन्दै वितरण गर्न लागिएको क्यान कोषाध्यक्ष रोशन सिंहले बताए ।

महिला खेलाडीलाई सोमबार र पुरुष खेलाडीको पारिश्रमिक मंगलबार भुक्तानी गर्ने तयारी रहेको उनको जानकारी दिए । क्यानले गत असोजमा पहिलो पटक महिला खेलाडीलाई समावेश गर्दै राष्ट्रिय टोलीमा अनुबन्ध गरेको थियो ।

जसमा २२ जना महिला र २० जना पुरुष खेलाडीलाई ए, बी र सी श्रेणीमा विभाजन गरिएको थियो । क्यानले यस वर्षको सम्झौता भने गरिसकेको छैन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्