समाज

पहिलोपटक पानी पुग्दा गुल्मी खाम्सेपानीका सर्वसाधारण हर्षित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ८ गते १७:०८
पहिलोपटक पानी पुग्दा गुल्मी खाम्सेपानीका सर्वसाधारण हर्षित (भिडियो रिपोर्टसहित)

८ चैत २०७७ गुल्मी । नजिकै पानीका मुहान पनि नभएको र अग्लो स्थानमा रहेकाले पानी ल्याउन समेत कठिन रहेको गुल्मीको रेसुङ्गा नगरपालिकाको वडा नम्बर–४ को खाम्सेपानीमा लिफ्टिङ्गमार्फत खानेपानी पुगेको छ ।

सदियौंदेखि खानेपानीको समस्यामा रहेका खाम्सेपानी सेउघाका बासिन्दाको खानेपानीको समस्या समाधान भएको छ ।

रैदी खोलाको पानी लिफ्टिङ्गमार्फत लगेपछि गुल्मीको रेसुङ्गा नगरपालिका वडानम्बर–४ को खाम्सेपानीमा पानीको समस्या समाधान भएको छ । रैदी पाण्डे भण्डारी टोल लिफ्टिङ्ग खानेपानी आयोजना पूरा भएपछि पानी पुगेको हो ।

लिफ्टिङ्गमार्फत घरघरमा खानेपानी आएपछि स्थानीयबासिन्दा खुसी छन् । खानेपानीकै लागि घण्टौं कुवा पधेरो धाएर दैनिकी बिताएका यहाँका बासिन्दा घरमै पानी पाउँदा खुसी भएका हुन् ।

रैदी पाण्डे भण्डारी टोल लिफ्टिङ्ग खानेपानी लुम्बिनी प्रदेश सरकारको ३० लाख र रेसुङ्गा नगरपालिकाको वातावरण अनुकुलीत रकमबाट १२ लाख गरि ४२ लाखको लागतमा सम्पन्न भएको हो ।

अहिले ३५ घरमा खानेपानी बितरण भए पनि पछि बिस्तार गरिने भएको छ । लिफ्टिङ्ग मार्फत खानेपानी पुगे पनि बिद्युत शुल्क धेरै उठ्दा समस्या हुने भन्दै उपभोक्ताले राहतको माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *