आर्थिक

सुनको भाउ तोलामा ५ सय बढ्यो, प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोवार

हिमालय टिभी
२०७७ चैत ८ गते १४:४९
सुनको भाउ तोलामा ५ सय बढ्यो, प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोवार

८ चैत २०७७ काठमाडौं । साताको पहिलो दिन आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

शुक्रबार प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ८७ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजाबी सुनको भाउ ८६ हजार ७५० रुपैयाँ तोकिएको छ । चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ ।

शुक्रबार १२ सय ७५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ प्रतितोला पाँच रुपैयाँले बढेर १२ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *