खेलकूद

ला लिगामा रियल मड्रिड शीर्ष स्थानको एट्लेटिको मड्रिडलाई दबावमा राख्न सफल

हिमालय टिभी
२०७७ चैत ८ गते ८:१५
ला लिगामा रियल मड्रिड शीर्ष स्थानको एट्लेटिको मड्रिडलाई दबावमा राख्न सफल

८ चैत २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा रियल मड्रिडले शीर्ष स्थानको एट्लेटिको मड्रिडलाई दवावमा राख्न सफल भएको छ ।

उपाधि होडमा एथ्लेटिको मड्रिडलाई दबाव दिँदै आएको रियल मड्रिडले गएराति भएको खेलमा सेल्टा डी भिगोलाई ३–१ ले पराजित गर्यो । रियलका लागि लागि केरिम बेन्जिमाले दुई तथा मार्को एसेन्सिओले एक गोल गरे ।

आवे मैदानमा भएको खेलमा सेल्टा डी भिगोलाई ३–१ ले पराजित गर्ने क्रममा बेन्जिमाले २० र ३० औँ तथा एसेन्सिओले इन्जुरी समयको चौथो अर्थात ९४ औँ मिनेटमा गोल गरेका हुन् ।

सेल्टाका लागि ४० औँ मिनेटमा मिना लोरेन्जोले एक गोल फर्काए । जितपछि दोस्रो स्थानको रियल मड्रिडको २८ खेलबाट ६० अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ६३ तथा तेस्रो स्थानको बार्सिलोनाको ५९ अंक छ ।

यस्तै अर्को खेलमा सेभिल्लाका गोलरक्षक बोनोले इन्जुरी समयमा गोल गरि टिमलाई हारबाट जोगाएका छन् ।

अवे मैदानमा भएको खेलमा सेभिल्ला रियल भालाडोलिडसँग १–० ले पछि परेको थियो । भ्रमण टोली सेभिल्लाका लागि इन्जुरी समयको चौथो अर्थात ९४ औँ मिनेटमा गोलरक्षक बोनोले गोल गरेर बराबरी गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्