समाज

पर्यटक आकर्षिण गर्न पोखरामा अपनाइयो यस्तो उपाय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ८ गते ६:१८
पर्यटक आकर्षिण गर्न पोखरामा अपनाइयो यस्तो उपाय (भिडियो रिपोर्टसहित)

८ चैत २०७७ पोखरा । कोरोना कहरका कारण नराम्ररी प्रभावित भएको पर्यटन व्यवसाय उकास्न प्रचार प्रसारको नयाँ विकल्प सोच्न थालिएको छ । घामपानीबाट जोगिन प्रयोग हुने छातालाई पनि अहिले पर्यटक आर्कषित गर्ने माध्यम बनाउन थालिएको छ । पर्यटकको मुख्य गन्तव्य पोखराको फेवाताल क्षेत्रमा पनि अहिले पर्यटक लोभ्याउन रंगिन छाता राखिएको छ ।

युवायुवती छाताको मज्जा लिँदै फोटो खिज्न व्यस्त छन् । पोखराको फेवातालमा सजाएर राखिएका छाता पर्यटकका लागि रमाउने माध्यम बनेको छ ।

फेवातालको दृश्यावलोकनका लागि बनाइएको फेवा टावरसम्म जाने क्षेत्रमा यसरी रंगीन छाता राखिएको छ । टावरमा चन्द्रमाको प्रतिमा पनि स्थापना गरिएको छ । छाताकै कारण आन्तरिक पर्यटक बढेका छन् ।

पहिलो पटक पोखरा पुगेकालाई पनि छाताको दृश्य आकर्षक नहुने कुरै भएन ।

पछिल्लो समयमा पोखरा महानगरपालिकाले दृश्यावलोकन टावर संचालनका लागि निजी कम्पनीलाई जिम्मा दिएको छ । निजी कम्पनीले टावरसम्म जाने पर्यटकका लागि शुल्क लिन्छ । यी छाता पनि उसैले राखेको हो । काठमाडौंमा निकै लोकप्रिय बनेको छाता पर्यटन अन्यत्र पनि फैलिदै गएको छ । पोखरामा साना छाता राखिएको छ ।

फेवा भ्यूटावरमा छाता राखेपछि आन्तरिक पर्यटकको घुँइचो लाग्ने गरेको छ । हल्लनचोक डुङगा स्टेसन समेत रहेको यो ठाउँ अहिले व्यस्त बनेको छ । कोरोना महामारिले थलिएको पर्यटन क्षेत्रलाई रंगिचंगी छाताले त्राण दिएको छ ।

सानासाना कामले पनि पर्यटकलाई आकर्षित गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् रंगिन छाता । पोखरा आफैमा रमणीय छ । अहिले बनाइएका रंगचंगी छाताले सुनमा सुगन्थ थपेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *