समाज

नेपालगञ्जमा खुल्यो बाटिका आर्ट ग्यालरी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ८ गते ६:१३
नेपालगञ्जमा खुल्यो बाटिका आर्ट ग्यालरी (भिडियो रिपोर्टसहित)

८ चैत २०७७ बाँके । नेपालगञ्जमा बाटिका आर्ट ग्यालरी खुलेको छ । कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले होटेल बाटिकामा संचालनमा ल्याइएको आर्ट ग्यालेरीमा शिवाङ्गिनी राणासहित त्यसक्षेत्रका ४ जना कलाकारका ५० वटा कला राखिएको छ ।

नेपालगञ्जको होटल बाटिकाकी प्रबन्ध निर्देशक शिवाङ्गिनी राणाले बाटिका आर्ट ग्यालरी संचालनमा ल्याउनु भएको छ । स्पेनमा चित्र कला सम्बन्धि अध्ययन गरेकी राणाले व्यवसायकै रुपमा यसलाई अघि बढाउने उदेश्य राखेर अन्य कलाकारसँग सहकार्य गरी ग्यालरी सञ्चालनमा ल्याउनु भएको हो ।

आर्ट ग्यालरी संचालनमा आए पछि नेपालगन्ज क्षेत्रका युवा कलाकार निक्कै उत्साहित भएका छन ।

कला रंगहरुको संयोजन हो । कलालाई मनको भाबना अभिब्यक्त गर्ने शसक्त माध्यम मानिन्छ । राणाले आर्ट ग्यालरी सुरु गरे पछि नेपालगञ्जका कलाकार संगठित भएर अघि बढ्ने प्रयासमा पनि लागेका छन् ।

पछिल्ला दिन पेन्टिङको माग बढ्दै छ । नेपालगन्जका कलाकारले बनाएका पेन्टिङ ५ हजारदेखि ४ लाख ५० हजार रुपैयाँसम्म विक्रि भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *