समाज

नयाँ संक्रमित नआएपछि विराटनगरको कोभिड अस्पताल सुनसान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ७ गते १९:२८
नयाँ संक्रमित नआएपछि विराटनगरको कोभिड अस्पताल सुनसान (भिडियो रिपोर्टसहित)

७ चैत २०७७ काठमाडौं । नयाँ संक्रमित नआएपछि विराटनगर महानगरपालिका वडा नम्बर १० स्थित कोशी कोभिड अस्पताल खाली भएको छ । महामारीको समयमा दैनिक ६० जनासम्म संक्रमित भर्ना हुने गरेको अस्पतालमा अहिले सुनसान छ । पछिल्ला दिनमा पीसीआर परीक्षण गर्नेको संख्या पनि ह्वातै घटेको छ ।

कोरोना संक्रमितको संख्या बढेपछि प्रदेश सरकारले २०७६ चैत २१ गतेदेखि नेशनल ट्रेडिङको भवनमा प्रदेश शुरुमा ८० वेडको कोभिड–१९ अस्पताल सञ्चालन गरेको थियो ।

आईसीयू ८ वेड, एचडीयू २२ बेड र रिकभरी १२ वेडसहितको अस्पताल अहिले खाली भएको छ । त्यतिबेला नियुक्त गरिएका विभिन्न तहका ४१ जना कर्मचारीलाई विदा गरिएको छ । कोभिड अस्पतालमा नयाँ संक्रमित आउने क्रम रोकिएपछि साना इकाइमा कोराना उपचारलाई सीमित गरी अस्पतालाई अन्य रोगको संघन उपचार कक्ष बनाउने तयारी गरिएको छ ।

गएको चैतदेखि सेवा सुरु गरेको अस्पतालमा पुष ५ देखि एचडीयू र अक्सिजनसहितको सय बेडको कोभिड अस्पतालसमेत सञ्चालन गरिएको थियो । प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजीक्षेत्रको सहयोगमा करिब आठ करोड रुपैयाँको लागतमा अस्पताल सञ्चालनमा आएको थियो ।

६ महिना अघिसम्म निकै ठुलो संख्यामा हुने पीसीआर परीक्षण पनि नगन्य छ । कोशी अस्पतामा अहिले अस्पतालमा भर्ना भएका बिरामी, बैदेशिक रोजागरमा जाने र थुनुवाको मात्रै पीसीआर परीक्षण हुने गरेको छ ।

कोशी कोभिड अस्पतालमा ३ सय जना महिलासहित ८ सय २९ जना संक्रमित उपचारार्थ भर्ना भएका थिए । भर्ना भएकामध्ये ३७ पुरुषसहित ५६ जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *