आर्थिक

गुल्मीमा विदेशबाट फर्किएका युवाले शुरु गरे कालिज पालन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ७ गते १९:१७
गुल्मीमा विदेशबाट फर्किएका युवाले शुरु गरे कालिज पालन (भिडियो रिपोर्टसहित)

७ चैत २०७७ गुल्मी । गुल्मीमा विदेशबाट फर्केर युवाले व्यावसायिक रुपमा कालिज पालन शुरु गरेका छन् । पछिल्लो समय जंगली चरा कालिजको मासुले बजार पाउन थालेपछि विदेशबाट फर्केका युवाले गुल्मीमा पनि व्यवसायिक रुपमा पाल्न थालेका हुन् ।

सरकारले युवा उद्यमीलाई स्वरोजगार बनाउन पछिल्लो समय कृषि व्यवसायमा लगानी गर्न थालेपछि गाउँगाउँमा नयाँ किसिमका व्यवसाय शुरु हुन थालेको छ ।

७ वर्ष कतारमा काम गरेर फर्किएका गुल्मीको रेसुङ्गा नगरपालिका वडानम्बर–१० सिमीचौरका हुमाकान्त अर्यालले कालिजको व्यावसायिक पालन सुरु गर्नु भएको छ । ३५ लाखको लगानीमा सौगात अर्गानिक कृषि फर्म एण्ड रिसर्च सेन्टरमार्फत अर्यालले कालिजसँगसँगै लौकाट र टर्की चरा पाल्नु भएको छ ।

गत साउनदेखि ४ रोपनी जग्गामा घेराबन्दी गरेर ३ सय चल्लाबाट कालिज पालन गर्दै आएका अर्यालले अहिले विक्री शुरु गर्नु भएको छ । एउटा कालिज ३५ सयमा विक्री हुने गरेको छ ।

उत्पादीत कालिज अहिले काठमाडौं र स्थानीय बजारमा विक्री हुने गरेको छ । कृषकको उत्पादनलाई रेसुङ्गा नगरपालिकाले बजारीकरणमा पनि सहयोग गर्दै आएको छ ।

निकट भविष्यमा ‘ह्याचरी’ शुरु गर्ने तयारी गरेको व्यवसायी अर्यालले बताउनुभयो । फर्ममा तयार भएका भाले कालिज मासुको रुपमा बिक्री गरिने र पोथी कालिजबाट अण्डा उत्पादन गरी चल्ला उत्पादन गर्ने अर्यालको योजना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *