खेलकूद

एपीएफका पार्की र धादिङकी श्रेष्ठलाई गणेशमान सिंह १०–के रोड रेसको उपाधि

हिमालय टिभी
२०७७ चैत ७ गते १६:३०
एपीएफका पार्की र धादिङकी श्रेष्ठलाई गणेशमान सिंह १०–के रोड रेसको उपाधि

७ चैत २०७७ काठमाडौं । एपीएफ क्लबका गोपीचन्द्र पार्की र धादिङकी सन्तोषी श्रेष्ठले दोस्रो संस्करणको वीर गणेशमान सिंह १०–के रोड रेस प्रतियोगिताको उपाधि जितेका छन् ।

काठमाडौंमा आज आयोजित प्रतियोगितामा पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषी च्याम्पियन बनेका हुन् ।

दुबैले पहिलो संस्करणको उपाधि समेत जितेका थिए । १३ औं दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग) मा स्वर्ण पदक जितेका गोपीले निर्धारित दूरी ३१ मिनेट ४४ दशमलव ४९ सेकेण्डमा पूरा गरे ।

उपाधिसँगै गोपीले ६० हजार नगद पाएका छन् । गोपीले अघिल्लो संस्करणमा आफैले बनाएको ३२ मिनेट ०१ दशमलव २ सेकेण्डको समयलाई तोडेर कीर्तिमान बनाएकाले थप १० हजार पनि पाएका छन् । पुरुषतर्फ अनिस थापा मगर दोस्रो र तीर्थ पुन तेस्रो भए ।

१३ औं सागकी स्वर्णधारी सन्तोषीले निर्धारित दूरी ३७ मिनेट ५३ दशमलव ४४ सेकेण्डमा पूरा गरेर उपाधि जितिन् । उनले पनि ६० हजार नगद पाइन् ।

सन्तोषीले अघिल्लो संस्करण भन्दा कम समयमा दौड पुरा गरेर थप १० हजार पनि पाइन् । महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पाछि दोस्रो र एपीएफकी फुलमती राना तेस्रो भइन् । महिला पुरुष दुबै तर्फ देस्रो हुनेले ३० हजार र तेस्रो हुनेले १५ हजार पुरस्कार पाएका छन् ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिले आयोजना गरेको दौड शेर्पा मल दरबारमार्गबाट शुरु भएर नगरका विभिन्न परिक्रमा पछि सोही ठाउँमा पुगेर सम्पन्न भएको थियो । विजेता खेलाडीलाई पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह लगायतले पुरस्कार पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्