खेलकूद

प्रिमियर लीग फूटबलमा लिड्स युनाइटेड विजयी

हिमालय टिभी
२०७७ चैत ७ गते ८:१६
प्रिमियर लीग फूटबलमा लिड्स युनाइटेड विजयी

७ चैत २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लिड्स युनाइटेड विजयी भएको छ ।

प्रिमियर लीग अन्तर्गत सम्पन्न पछिल्लो खेलमा लिड्सले रेलिगेशन जोनको फूलह्याममाथि २–१ गोलको जित निकालेको हो । अवे मैदानमा लिड्सले २९औं मिनेटमा पेट्रिक बामफोर्डको गोलसँगै अग्रता बनाएको थियो ।

तर ३८औं मिनेटमा फूलह्यामका जोआचिम एण्डरसेनले गोल गर्दै खेल बराबरी गरे । त्यसपछि रापिन्हाले ५८औं मिनेटमा गोल थप्दै लिड्सलाई २१ को जित दिलाए ।

जितसँगै २९ खेलबाट ३९ अंक जोड्दै लिड्स तालिकाको एघारौं स्थानमा उक्लिएको छ । शीर्ष स्थानको म्यानचेष्टर सिटीको ३० खेलबाट ७१ अंक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्