खेलकूद

कुन फूटबल खेलाडी कति मूल्यमा अनुन्धित भए ?

हिमालय टिभी
२०७७ चैत ६ गते १९:१८
कुन फूटबल खेलाडी कति मूल्यमा अनुन्धित भए ?

६ चैत २०७७ काठमाडौं । घरेलु फुटबलमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगका लागि आज खेलाडीको अक्सन भएको छ ।

आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले काठमाडौंमा गरेको अक्सनमा राष्ट्रिय टोलीका सदस्य रहेका ८ जना खेलाडी सर्वाधिक २ लाख मुल्यमा अनुबन्धित भएका छन् ।

कुल १ सय ४९ जना खेलाडी सहभागी अक्सनमा ए श्रेणीबाट २१, बी श्रेणीबाट ४१ र सी श्रेणीबाट ३६ खेलाडी विभिन्न क्लबमा अनुबन्धित भए । ए श्रेणीमा रहेका सुजल श्रेष्ठ, दिनेश राजवंशी, विकास खवास, एरिक विष्ट, दीप कार्की, तेज तामाङ, सुनिल बल र विशाल सुनुवारले सर्वाधिक मुल्य पाए ।

मिडफिल्डर सुजल र गोलकिपर दीपलाई पोखरा थन्डर्सले टोलीमा भित्र्याउँदा डिफेन्डर दिनेश धनगढी एफसी र मिडफिल्डर एरिक विष्टलाई ललितपुर सिटीले अनुबन्ध गरेको छ ।

एफसी चितवनले डिफेन्डर विकास र गोलकिपर विशाललाई टोलीमा ल्याएको छ भने तेजलाई काठमाडौं रेजर्सले अनुबन्धित गरेको छ । यि खेलाडीलाई प्राय टोलीले बोलि लगाएपनि गोलाप्रथाबाट क्लबको छनोट गरेको थियो ।

तर अक्सनमा ए श्रेणीमा रहेका पूर्व कप्तान विराज महर्जनलाई भने कुनै पनि टोलीले लिएनन् । ए श्रेणीको न्युनतम मुल्य १ लाख रुपैयाँ रहेकोमा विराजसँगै यो श्रेणीमा रहेका जर्ज प्रिन्स कार्की, हेमन्त थापामगर, भोला सिलवाल र बी श्रेणीका जुमानु राई पनि विकेनन् ।

अक्सनमा नवयुग श्रेष्ठ मार्की खेलाडी रहेको पोखरा थन्डर्सले सर्वाधिक १२ लाख २५ हजार खर्च गरेको छ भने सबै भन्दा कम बुटवल लुम्बिनी एफसीले ९ लाख ६० हजार खर्च गरेको छ । सर्वाधिक मुल्य पाउने ८ खेलाडी सहित अक्सनमा एक लाखभन्दा माथि ३८ जना खेलाडीमा बोलि लागेको थियो ।

अक्सनबाट हरेक क्लबले १४–१४ खेलाडी अनुबन्ध गर्दा तीन विदेशी खेलाडीको कोटा बाँकी छ भने दुई जना ट्यालेन्ट हन्टबाट छानिनेछन । बैशाख ११ गतेदेखि २५ गते दशरथ रंगशालामा आयोजना हुने लिगमा ७ फ्रेन्चाइज क्लबको सहभागीता रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्