आर्थिक
सीमा नाका खोलेर भारतीय पर्यटकलाई सहज प्रवेशको व्यवस्था गर्न व्यवसायीको माग (भिडियो रिपोर्टसहित)
२०७७ चैत ६ गते १८:५१
६ चैत २०७७ काठमाडौं । होटेल व्यवसायीले भारतसँगको सीमा नाका खोलेर भारतीय पर्यटकलाई सहज रुपमा नेपाल प्रवेश गर्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरेका छन् ।
कोरोना संक्रमणका कारण निक्कै समस्यामा परेको पर्यटन व्यवसायलाई माथि उठाउन भारत र चीनका पर्यटकलाई सहज रुपमा नेपाल प्रवेश गराउनुपर्ने व्यवसायीको माग छ ।
कोरोना संक्रमणको जोखिम कम हुँदै गएका कारण सडक यातायात र एयरलाइन्स सञ्चालन भए पनि भारतसँगको सिमा नाका सहज नहुँदा भारतिय पर्यटक नेपाल प्रवेश गर्न पाएका छैनन् ।
भारतबाट बर्षेनी करिब १ लाख ५० हजारदेखि २ लाखसम्म पर्यटकहरु नेपाल आउँछन् ।
प्रतिक्रिया