आर्थिक

जावा पेराक मोटरसाइकल बजारमा : यस्तो छ विशेषता र मूल्य (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ६ गते १८:४१
जावा पेराक मोटरसाइकल बजारमा : यस्तो छ विशेषता र मूल्य (भिडियो रिपोर्टसहित)

६ चैत २०७७ काठमाडौं । अग्नि मोटो इंक प्रालिले बीएस सिक्स इन्जिनयुक्त जावा पेराक मोटरसाइकल बजारमा ल्याएको छ ।

नेपालका लागि क्लासिक लिजेन्ड्सको आधिकारिक वितरणक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटो इंक बीएस सिक्स ३ सय ३४ सीसीको मोटरसाइकल बजारमा ल्याएको हो ।

मोटर साइकलका सोखिनहरुलाई लक्षित गर्दै ल्याइएको जावा पेराकमा सिंगल सिलिन्डर, लिक्विड कुल्ड डीओएचसी इन्जिन छ । त्यस्तै ३० एचपी पावर र ३२ एनएम टर्क उत्पन्न गर्ने क्षमता यसमा छ ।

नयाँ पेराक मोटरसाइकल जावा र जवा फोर्टी टु भन्दा फरक छ । जावा मोटरसाइकल, नेपालका महाप्रबन्धक शरद मिश्र यसले सबैको ध्यान खिच्ने दावी गर्नुभयो

जावा पेराकको शुरुवाती मूल्य ७ लाख ५० हजार रुपैयाँ तोकिएको छ । मोटो इंकको काठमाडौं, विर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नरायणघाट, बुटवल र भैरहवाका डिलर र शाखामा जावा पेराक टेस्ट राईडका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *