आर्थिक

सुनको भाउ तोलामा पाँच सय घट्यो, प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोवार

हिमालय टिभी
२०७७ चैत ६ गते १३:४१
सुनको भाउ तोलामा पाँच सय घट्यो, प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोवार

६ चैत २०७७ काठमाडौं । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले सस्तो भएको छ ।

हिजो ८७ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ८६ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको भाउ ८६ हजार दुई सय ५० रुपैयाँ तोकिएको छ ।

यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *