कला/मनोरञ्जन

चर्चित गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन–३ आजदेखि प्रसारण हुँदै

हिमालय टिभी
२०७७ चैत ६ गते १३:०३
चर्चित गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन–३ आजदेखि प्रसारण हुँदै

६ चैत २०७७ काठमाडौं । गायन प्रतिभाहरुको खोजी गर्ने रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को प्रसारण आजदेखि शुरु हुँदैछ ।

हरेक शुक्रबार र शनिबार हिमालय टीभी एचडीमा प्रसारण हुने कार्यक्रमको पहिलो श्रृङखला आज राती ८ बजे प्रसारण हुँदैछ ।

ब्लाइन्ड अडिसनमा सहभागी केही प्रतिभाहरुले आज कोचलाई आफ्नो आवाजले प्रभावित पार्नुपर्ने छ । आवाजले प्रभावित हुने कोचको कुर्सी घुमेसँगै प्रतिस्पर्धीको भाग्य पनि घुम्नेछ, अर्थात् भ्वाइसको आगामी यात्राका लागि प्रतिस्पर्धी छनौट हुनेछन् ।

यो सिजनमा पनि निकै क्षमतावान प्रतिभाहरु ब्लाइन्ड अडिसनमा आइपुगेको कार्यक्रमका निर्देशक लक्ष्मण पौड्यालले जानकारी दिनुभयो ।

यसपटकको सिजनमा एक जना कोच परिर्वतन भएका छन् । कोच दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामाका साथमा नयाँ कोच तृष्णा गुरुङ हुनुहुन्छ ।

शो प्रसारण हुनु अगाडि बिबीबार बेलुकी काठमाडौंमा यसको प्रिमियर समेत आयोजना गरिएको थियो । प्रिमियरमा शोमा निर्णायक, निर्माता, निर्देशक, विज्ञापनदाताहरु उपस्थित थिए ।

नेपालकै नम्बर १ गायन रियालिटी शोको रुपमा रहेको यो शोको अघिल्ला सिजनलाई दर्शकले अत्याधिक मन पराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *