खेलकूद

इंग्ल्याण्डविरुद्धको चौथो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भारत विजयी

हिमालय टिभी
२०७७ चैत ६ गते ८:२२
इंग्ल्याण्डविरुद्धको चौथो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भारत विजयी

६ चैत २०७७ काठमाडौं । इंग्ल्याण्डविरुद्धको चौथो ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेलमा भारत विजयी भएको छ ।

घरेलु टोली भारतले चौथो खेलमा इंग्ल्याण्डमाथि ८ रनको जित निकालेको हो । १ सय ८६ रनको लक्ष्य पछ्याएको पाहुना टोली इंग्ल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रनमात्र बनाउन सक्यो ।

उसका लागि बेन स्टोक्सले ४६ तथा ज्यासन रोयले ४० रन बनाए । बलिङमा भारतका सार्दुल ठाकुरले तीन तथा हार्दिक पाण्ड्या र राहुल चहरले समान दुई(दुई विकेट लिए ।

यसअघि अहमदाबादमा टस हार्दै पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो । भारतका लागि सूर्यकुमार यादवले ५७ रनको अर्धशतकीय इनिंग्स खेले ।

त्यस्तै श्रेयस अइयर ३७ तथा ऋषभ पन्त ३० रनमा पेभेलियन फर्के । बलिङमा इंग्ल्याण्डका जोफ्रा आर्चरले चार विकेट हात पारे ।

यससँगै ५ खेलको ट्वेन्टी(ट्वेन्टी श्रृंखला २२ को स्थितिमा पुगेको छ । अब निर्णायक हुने पाँचौ तथा अन्तिम खेल भोलि हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्