आर्थिक

सर्वोत्तम सिमेन्टको आइपिओ विक्री गर्न ग्लोबल आईएमई क्यापिटल प्रबन्धक नियुक्त

हिमालय टिभी
२०७७ चैत ४ गते १७:२५
सर्वोत्तम सिमेन्टको आइपिओ विक्री गर्न ग्लोबल आईएमई क्यापिटल प्रबन्धक नियुक्त

४ चैत २०७७ काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपिओ (साधारण शेयर) विक्री गर्न ग्लोबल आइएमई क्यापिटललाई विक्री प्रबन्धक नियुक्त भएको छ ।

काठमाडौँमा एक कार्यक्रमका बीच कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई विक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो । साथै कम्पनीले प्रभु क्यापिटल र एनआइबिएल एस क्यापिटललाई सहायक विक्री प्रबन्धक समेत नियुक्त गरेको छ ।

सम्झौतापछिको पत्रकार सम्मेलनमा कम्पनीले चुक्ता पूँजीको १५ प्रतिशत ६० लाख कित्ता बराबरको आइपिओ विक्री गर्न लागेको बताएको छ । हाल कम्पनीको ३ अर्ब ४० करोड रुपियाँ चुक्ता पूँजी रहेको छ ।

बुक विल्डिङ विधिमार्फत् विक्री हुने आईपिओको न्यूनतम मूल्य ७५० रुपैयाँ तय गरिने कम्पनीले जानकारी दिएको छ । सर्वोत्तम सिमेन्टले बुक विल्डिङको माध्यमबाट आईपिओ जारी गर्ने तयारी गरेको छ ।

नेपालमा बुक विल्डिङको माध्यमबाट आईपिओ जारी गर्ने सर्वोत्तम सिमेन्ट पहिलो कम्पनी बन्नेको छ । कम्पनीको ६० लाख कित्ता आइपिओमध्ये २४ लाख कित्ता सेयर संस्थागत लगानीकर्ताका लागि र बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *