मध्यपश्चिम विश्वविद्यालयको कानून संकायको प्रवेश परीक्षामा राजनीतिक चलखेल

हिमालय टिभी
२०७७ चैत ४ गते १५:२४
मध्यपश्चिम विश्वविद्यालयको कानून संकायको प्रवेश परीक्षामा राजनीतिक चलखेल

४ चैत २०७७ सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर स्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा कानून संकायको प्रवेश परीक्षामा राजनीतिक चलखेल भएको भन्दै विद्यार्थीले विरोध जनाएका छन् ।

विद्यार्थीले पत्रकार सम्मेलन गरेर परीक्षामा राजनीतिक चलखेल गरी नेताका छोराछोरी र आफन्तको नाम निकालिएको आरोप लगाएका हुन् । परीक्षा हुनु दुई दिन अगावै फेसबुक च्याटमार्फत शिक्षकले प्रश्नपत्र पठाएको र त्यसरी प्रश्नपत्र पाउनेकै नाम माथिल्लो क्रममा निस्किएको पीडित विद्यार्थीको भनाइ छ । पत्रकार सम्मेलनमा फेसबुक च्याट पनि सार्वजनिक गरिएको छ ।

पीडित विद्यार्थीले परीक्षा रद्ध गर्न तथा छानबिन समिति बनाउन माग गरेका छन् । एक हप्तासम्म पनि उनीहरुका मागको सुनुवाई भएको छैन ।

परीक्षामा अनियमितता भएको बताउनेलाई विभिन्न खालका धम्कीसमेत दिएको विद्यार्थीले आरोप लगाएका छन् । विश्वविद्यालयका पदाधिकारीले छानबिनको विषय भएकाले अहिले प्रतिक्रिया नदिने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *