समाज

पर्यटन प्रवर्द्धनका लागि कपिलवस्तुको मेची–महाकाली अभियान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ४ गते १४:५१
पर्यटन प्रवर्द्धनका लागि कपिलवस्तुको मेची–महाकाली अभियान (भिडियो रिपोर्टसहित)

४ चैत २०७७ कपिलवस्तु । कोरोना संक्रमणका कारण धरासायी बनेको पर्यटन क्षेत्र र होटल व्यवसायलाई पुनरुत्थानका लागि कपिलवस्तुमा व्यवसायी नै तातिएका छन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुले पर्यटन प्रवर्द्धनका लागि मेची–महाकाली अभियान शुरु गरेको छ ।

व्यवसायीको १८ सदस्यीय टोलीले १४ गतेसम्म ७ वटै प्रदेशमा प्रचार प्रसार गर्नेछ । त्यसक्रममा कपिलवस्तुको पुरातात्विक र पर्यटकिय क्षेत्रको प्रचारात्मक सामाग्री र बृत्त चित्र समेत देखाइनेछ । प्रदेशका पर्यटन मन्त्रालयमा पुगेर होटल व्यवसायीका समस्या बारे छलफल गर्नुका साथै कपिलवस्तुका पर्यटकीय क्षेत्र भ्रमणका लागि निम्ता दिइने व्यवसायीले बताएका छन् ।

अभियानले कोभिडको मारमा परेको पर्यटन क्षेत्रको पुनर्उत्थानमा सहयोग पुर्याइ आन्तरिक र बाह्रय पर्यटक आगमनको दर बढाउने व्यवासायीको विश्वास छ ।

कपिलवस्तु प्रशासनले पनि यो अभियानमा सहयोग गरेको छ । सम्बन्धित स्थानमा समन्वयका लागि भूमिका खेल्ने प्रशासनको आश्वासन छ ।

मेची–महाकाली पर्यटन प्रवर्द्धन अभियानले सम्बन्धित जिल्लाका होटल व्यवसायीसँग अन्तर्क्रिया गर्ने छ । यसले पर्यटन व्यवसायीका समस्या पहिचान र समाधानमा सहकार्य गर्न सकिने आयोजकको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *