खेलकूद

म्यानचेष्टर सिटी र रियल मड्रिड च्याम्पियन्स लीगको क्वाटरफाइनल प्रवेश

हिमालय टिभी
२०७७ चैत ४ गते ७:२५
म्यानचेष्टर सिटी र रियल मड्रिड च्याम्पियन्स लीगको क्वाटरफाइनल प्रवेश

४ चैत २०७७ काठमाडौं । म्यानचेष्टर सिटी र रियल मड्रिड च्याम्पियन्स लीग फूटबलको क्वाटरफाइनल प्रवेश गरेका छन् ।

च्याम्पियन्स लीग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाकलाई २–० गोलले हराउँदै समग्रमा ४–० को नतिजासहित सिटी अन्तिम आठमा पुगेको हो ।

घरेलु मैदान इतिहाद रंगशालामा इंग्लिस क्लब सिटीको जितमा केविन डी ब्रुनी र इल्के गुण्डोगानले एक(एक गरेका थिए । यसअघि पहिलो लेगमा सिटीले मोन्चेनग्लाडवाकलाई उसैको मैदानमा २–० गोलले पराजित गरेको थियो ।

यस्तै प्रिक्वाटरफाइनल अन्तर्गत अर्को खेलमा इटालियन क्लब एटलान्टामाथि ३–१ को जित निकाल्दै समग्रमा ४–१ गोलको नतिजासहित रियल मड्रिडले पनि अन्तिम आठमा स्थान पक्का पारेको छ ।

स्पेनिस क्लब रियलले घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा १३औं मिनेटमा करिम बेञ्जिमाको गोलसँगै अग्रता बनाएको थियो । त्यसपछि रियलका लागि ६०औं मिनेटमा कप्तान सर्जियो रामोस र ८४ औं मिनेटमा मार्को असान्सियोले गोल थपेका थिए ।

एटलान्टाका लागि ८३औं मिनेटमा लुईस मुरियलले सान्त्वना गोल गरे । अवे मैदानमा पहिलो लेग रियलले १० ले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्