कला/मनोरञ्जन

अबदेखि बुधबार राति साढे ८ बजे हिमालय टेलिभिजनमा ‘जुठे’ आउने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ३ गते २०:४४
अबदेखि बुधबार राति साढे ८ बजे हिमालय टेलिभिजनमा ‘जुठे’ आउने (भिडियो रिपोर्टसहित)

३ चैत २०७७ काठमाडौं । सूचना र समाचारसँगसँगै दर्शकको रोजाईका मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गरिरहेको हिमालय टेलिभिजनले भोलिदेखि नयाँ टेलिश्रृंखला जुठे प्रसारण गर्ने भएको छ ।

सामाजिक विषयवस्तुमा बनेको टेलिश्रृंखला जुठे भोलिदेखि हरेक बुधबार राति ८ बजे प्रसारण हुनेछ । हास्य कलाकार बल्छि धुर्बे र राजु मास्टरको अभिनय रहने यो श्रृंखला चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ र राजु पौडेलको लेखन र निर्देशनमा बनेको छ ।

चार दशक अगाडीको नेपाली समाजमा व्याप्त वर्गिय, जातिय, लैंगिक लगायत सामाजिक विभेदको कथा टेलिश्रृंखला जुठेमा देख्न पाईने निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठले बताउनुभयो ।

पोखरा र काठमाडौंका विभिन्न ठाउँमा छायाँकन भएको टेलिश्रृंखलामा मरिचमान आफैले मुख्य कलाकार जुठेको भुमिका निभाउनु भएको छ ।

यस्तै राजु पौडेल, रवी गिरी, विद्या कार्की लगायतका कलाकारको यसमा अभिनय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *