खेलकूद

सी डिभिजन लीग फूटबलमा समाज कल्याण खेलकूद केन्द्र र सामाजिक युवा क्लब विजयी

हिमालय टिभी
२०७७ चैत ३ गते १८:३८
सी डिभिजन लीग फूटबलमा समाज कल्याण खेलकूद केन्द्र र सामाजिक युवा क्लब विजयी

३ चैत २०७७ काठमाडौं । समाज कल्याण खेलकूद केन्द्र र सामाजिक युवा क्लबले सहिद स्मारक सी डिभिजन लीग फूटबलमा विजयी शुुरुआत गरेका छन् ।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा आज भएको खेलमा समाज कल्याण खेलकूद केन्द्रले पुरानो क्लब सानागौचरण युथ क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । अर्को खेलमा सामाजिक युवा क्लबले स्वयम्भु क्लबलाई पनि ३–२ ले हराउँदै लीगमा सुखद शुरुआत गरेको छ । पहिलो खेलमा समाज कल्याणलाई जित दिलाउन रुपेश अधिकारी, राकेश विश्वकर्मा र शरद राईले एक÷एक गोल गर्दा उर्गेन लामा र रमण तामाङले सानो गौचरणका लागि एक÷एक गोल फर्काएका थिए ।

२५ औं मिनेटमा रुपेशले गोल गर्दै समाज कल्याणलाई १–० को अग्रता दिलाएको खेलमा २९ औं मिनेटमा उर्गेनले गोल गर्दै सानो गौचरणलाई १–१ गोलको अवस्थामा ल्याएका थिए । ५३ औं मिनेटमा राकेशले गोल गरेपछि समाज कल्याणको अग्रता २–१ को भएको थियो । ५७ औं मिनेटमा रमणले गोल गर्दै सानो गौचरणलाई पुनः २–२ गोलको बराबरीमा ल्याए । तर, खेलको ७७ औं मिनेटमा शरदले गोल गर्दै समाज कल्याणलाई ३–२ को जित दिलाए ।

त्यस्तै दिनको दोस्रो खेलमा सामाजिक युवा क्लबलाई जित दिलाउन बसन्त बहादुर रानाले ह्याट्रिक गर्दा दुई गोल गरेको स्वयम्भूका लागि महेश लामा र विकी राईले एक गोल गरेका थिए । बसन्तले ३२औं, ७८औं र इन्जुरी समयमा गोल गरेर ह्याट्रिक पूरा गरेका थिए भने विकीले ४७औं र महेशले ८४औं मिनेटमा गोल फर्काएका थिए । जित निकालेको सामाजिक युवाले महत्वपूर्ण तीन अंक जोड्दै लिग सुरुआत गर्दा स्वयम्भूले हारबाट लिग सुरुआत गरेको छ ।

लिगमा बुधबार प्लानिङ ब्वाइज युनाइटेड र चर्च ब्वाइज युनाइटेड तथा विरगञ्ज युथ एकेडेमी र झापा एफसीबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्