खेलकूद

त्रिदेशीय अन्तर्राष्ट्रिय फूटबलमा नेपालले पहिलो खेल कीर्गिस्तानसँग खेल्ने

हिमालय टिभी
२०७७ चैत ३ गते १७:२७
त्रिदेशीय अन्तर्राष्ट्रिय फूटबलमा नेपालले पहिलो खेल कीर्गिस्तानसँग खेल्ने

३ चैत २०७७ काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय फूटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले कीर्गिस्तानसँग खेल्ने भएको छ ।

आयोजक अखिल नेपाल फूटबल संघ (एन्फा)ले आज प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । नेपाल, कीर्गिस्तान र बंगलादेश सम्मिलित प्रतियोगिता चैत १० गतेदेखि १६ गतेसम्म दशरथ रंगशालामा हुनेछ ।

यो प्रतियोगितामा कीर्गिस्तानले २३ वर्ष मुनिको टोली खेलाउने छ । चैत १० गते साढे पाँच बजे हुने प्रतियोगिताको उद्घाटन खेलमा कीर्गिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको दोस्रो खेलमा नेपालले कीर्गिस्तानसँग १२ गते खेल्नेछ । १४ गते नेपालले बंगलादेशको सामना गर्नेछ । राउण्ड रोबिन लीगको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।

प्रतियोगिताको फाइनल १६ गते हुनेछ । विश्वकप छनोटका खेल स्थगित भएपछि एन्फाले यो प्रतियोगिता गर्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्