खेलकूद

बार्सिलोना ला लिगा फूटबलको दोस्रो स्थानमा उक्लियो

हिमालय टिभी
२०७७ चैत ३ गते ७:४७
बार्सिलोना ला लिगा फूटबलको दोस्रो स्थानमा उक्लियो

३ चैत २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ ।

ला लिगा अन्तर्गत सम्पन्न पछिल्लो खेलमा बार्सिलोनाले ह्यूस्कामाथि ४–१ गोलको जित निकालेको हो । घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनाले १३औं मिनेटमै कप्तान लियोनल मेस्सीको गोलबाट अग्रता बनाएको थियो ।

त्यसपछि ३५औं मिनेटमा बार्सिलोनाका एन्टोनी ग्रिजम्यान र अतिरिक्त समयमा ह्यूस्काका राफा मिरले गोल गरेपछि बार्सिलोनाले खेलमा २–१ को अग्रता लिएको थियो ।

दोस्रो हाफमा ओस्कार मिनगुएजा र मेस्सीले व्यक्तिगत दोस्रो गोल थपेपछि बार्सिलोना समग्रमा ४१ ले विजयी भयो । जितसँगै बार्सिलोनाले २७ खेलबाट ५९ अंक जोडेको छ ।

उता समान २७ खेलबाट शीर्ष स्थानको एट्लेटिकोको ६३ तथा तेस्रो स्थानको रियलको ५७ अंक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्