खेलकूद
प्रिमियर लीग फूटबलमा लिभरपुल विजयी
२०७७ चैत ३ गते ७:४२
३ चैत २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लिभरपुल विजयी भएको छ ।
प्रिमियर लीग अन्तर्गत गएराति साविक विजेता लिभरपुलले उल्फ्सलाई १–० ले पराजित गरेको हो । अवे मैदानमा लिभरपुलका लागि डिओगो जोटाको गोल नै निर्णायक रह्यो ।
उनले पहिलो हाफको अतिरक्त समयमा साडियो मानेको पासमा गोल गरेका थिए । जितसँगै २९ खेलबाट ४६ अंकसहित लिभरपुल तालिकाको छैठौं स्थानमा उक्लिएको छ ।
लीग लिडर म्यानचेष्टर सिटीले ३० खेलबाट ७१ तथा दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडले २९ खेलबाट ५७ अंक जोडेका छन् ।
प्रतिक्रिया