खेलकूद

एन्फा प्रेसिडेन्ट लीगमा सुदूरपश्चिमको स्टार सिटी क्लबको विजय शुरुवात

हिमालय टिभी
२०७७ चैत २ गते १८:३५
एन्फा प्रेसिडेन्ट लीगमा सुदूरपश्चिमको स्टार सिटी क्लबको विजय शुरुवात

२ चैत २०७७ बाँके । एन्फा प्रेसिडेन्ट लीग फूटबल प्रतियोगितामा सुदूरपश्चिमको स्टार सिटी क्लब कैलालीले विजय शुरुवात गरेको छ ।

अखिल नेपाल फूटबल संघ (एन्फा)को आयोजनामा पहिलो पटक नेपालगञ्ज रंगशालामा आज भएको उद्घाटन खेलमा स्टार सिटीले प्रदेश २ को मनकामना युवा क्लब रौतहटलाई ३–० गोल अन्तरले हराएको हो ।

खेलको तेस्रो मिनेटमै रुपबहादुर लामाको गोलबाट अग्रता लिएको स्टार सिटीका लागि ४५ औं मिनेटमा दिपकराज सिंहले दोस्रो गोल गरे । ८१ औं मिनेटमा रुपबहादुर व्यक्तिगत तथा टिमका लागि तेस्रो गोल गरी जीत निश्चित गरे ।

प्रतियोगितमा भोलि बागमती प्रदेशको धादिङ समाज क्लब र कर्णाली प्रदेशबाट लेकाली युवा क्लब जुम्लाबीच प्रतिस्पर्धा हुनेछ ।प्रतियोगितामा सातै प्रदेशका लीग च्याम्पियन टोली सहभागी छन् ।

प्रतियोगितामा प्रदेश १ बाट सैनिक फूटबल क्लब झापा, प्रदेश २ बाट मनकामना युवा क्लब रौतहट, बागमती प्रदेशबाट धादिङ युवा क्लब, गण्डकी प्रदेशबाट त्रिवेणी युवा क्लब, लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, कर्णाली प्रदेशबाट लेकाली युवा क्लब जुम्ला र सुदूरपश्चिम प्रदेशबाट स्टार सिटी क्लब कैलालीको टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

चैत १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको शीर्ष चार टोलीले राष्ट्रिय लीग खेल्न पाउने छन ।

प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँ, उपविजेताले ५ लाख र फेयर प्लेले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन ।

त्यसैगरी उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट गोलकिपर, डिफेन्स,मिड फिल्डर, स्ट्राइकर प्रशिक्षकले जनही २५ हजार पाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्