आर्थिक

नेपालबाट ट्याङ्करमै भारततर्फ इन्धन तस्करी हुने गरेको खुलासा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २ गते १८:२८
नेपालबाट ट्याङ्करमै भारततर्फ इन्धन तस्करी हुने गरेको खुलासा (भिडियो रिपोर्टसहित)

२ चैत २०७७ विराटनगर । विराटनगरबाट भारततर्फ ट्याङ्करमा नै इन्धन तस्करी हुने गरेको पाइएको छ । नेपालमा भन्दा भारतमा इन्धन महंगो छ ।

प्रहरीले डिजल लोड गरी भारततर्फ जान लागेको ट्याङ्कर नियन्त्रणमा लिएको छ । तस्करीमा संलग्न भारतको अररियाका २६ वर्षीय मोहमद सजाद र २१ वर्षीय इमरोज आलम पक्राउ परेका छन् ।

शनिबार पेट्रोल लिनका लागि भारत जाने तयारीमा रहेको को १ ख ५९१२ नम्बरको ट्याङ्कर जाँच गर्दा दुई हजार छ सय ६० लिटर डिजल पाइएको थियो ।

निगमले डिजल तस्करी हुने गरेको भेटिएपछि कारवाहीका लागि प्रहरी हुँदै राजस्व अनुसन्धान कार्यालयलाई जिम्मा लगाएको छ ।

दुई महिनाअघि वीरगञ्जमा ट्याङ्करबाटै भारत तेल तस्करी हुने गरेको फेला परेको थियो । भारतमा पेट्रोल प्रतिलिटर एक सय ५५ रुपैयाँसम्म पर्छ ।

नेपालमा भने पेट्रोलको मूल्य एक सय १६ रुपैयाँ छ । डिजल नेपालमा ९९ रुपैयाँ प्रतिलिटर छ । भारतमा नेपालको तुलनामा प्रतिलिटर २५ रुपैयाँभन्दा बढी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *