बजेटमा नयाँ आयोजना प्रस्ताव नगर्न मन्त्रालयहरुसँग अर्थको आग्रह (भिडियो रिपोर्टसहित)

२ चैत २०७७ काठमाडौं । अर्थ मन्त्रालयले आगामी वर्षको बजेटमा नयाँ आयोजना प्रस्ताव नगर्न अन्य मन्त्रालयलाई आग्रह गरेको छ ।
आगामी बजेट तर्जुमाका विषयमा अन्य मन्त्रालयसँग गरेको छलफलमा अर्थमन्त्रालयका बजेट महाशाखा प्रमुख सहसचिव धनीराम शर्माले नयाँ आयोजनाका लागि बजेटको प्रस्ताव भन्दा पनि अघिल्लो आर्थिक बर्षका क्रमागत आयोजना नै समयमै सक्नेतर्फ लाग्न आग्रह गर्नुभयो ।
उहाँले अगाडि नबढाई नहुने आयोजनालाई अध्ययनका लागि प्रस्ताव गरेर अगाडि बढाउन सकिने बताउनुभयो ।
अर्थमन्त्रालयले सरकारले उपलब्ध गराउने सशर्त अनुदानको बारेमा भने त्रिपक्षीय छलफल गरेर मात्र योजना बनाउने तयारी गरेको छ ।
सशर्त अनुदानमा सञ्चालित आयोजनाको कार्यान्वयन प्रभावकारी नभएको र अपनत्व पनि कसैले नलिएका कारण सम्बन्धित मन्त्रालय र प्रदेशसँग छलफल गरेर मात्र सशर्त अनुदानलाई अगाडी बढाउने महाशाखा प्रमुख शर्माले जानकारी दिनुभयो ।
अर्थमन्त्रालयले कार्यसञ्चाचालन खर्चमा समेत मितव्ययिता अपनाउन आग्रह गरेको छ । सरकारले आगामी बजेटमा कार्यसञ्चालनसम्बन्धी बजेट नबढाउने भन्दै मितव्ययी बन्न आग्रह गरिएको हो ।
प्रतिक्रिया