दाङको लमहीमा आगलागी हुँदा ६ घर जलेर नष्ट

हिमालय टिभी
२०७७ चैत २ गते १४:२२
दाङको लमहीमा आगलागी हुँदा ६ घर जलेर नष्ट

२ चैत २०७७ काठमाडौं । दाङको लमहीमा आगलागी हुँदा ६ वटा घर जलेर खरानी भएको छ ।

लमही नगरपालिका वडा नम्बर ६ राप्तीटोल ढिकपुरमा आज विहान १० बजे विद्युतको तार सट हुँदा बलिराम चौधरी, सर्जु चौधरी, वसन्त चौधरी, प्रेम चौधरी, कान्छू चौधरी र रेमशबहादुर बुढाको घर जलेको हो ।

राप्ती टोल विकास संस्थाका अध्यक्ष अनुप बुढाले आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो ।

लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल, वडा प्रहरी कार्यालय, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *