खेलकूद
प्रिमियर लीगमा म्यानचेष्टर युनाइटेड, लेष्टर सिटी, आर्सनल र ब्राइटन विजयी
२०७७ चैत २ गते ७:५५

२ चैत २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा म्यानचेष्टर युनाइटेड, लेष्टर सिटी, आर्सनल र ब्राइटन विजयी भएका छन् ।
प्रिमियर लीग अन्तर्गत गएराति म्यानचेष्टर युनाइटेडले वेष्ट ह्याम युनाइटेडलाई १–० गोलले हरायो । युनाइटेडको जितमा आत्मघाती गोल नै निर्णायक बन्यो ।
५३औं मिनेटमा वेष्ट ह्यामका क्रेग डाउसनले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए । जितसँगै युनाइटेडले २९ खेलबाट ५७ अंक जोडेको छ । शीर्ष स्थानको म्यानचेष्टर सिटीको ३० खेलबाट ७१ अंक छ ।
त्यस्तै प्रिमियर लीगकै अन्य खेलमा लेष्टरले सेफिल्ड युनाइटेडलाई ५–० ले तथा आर्सनलले टोटेनह्यामलाई र ब्राइटनले साउथह्याम्टनलाई समान २१ गोलले हराए ।
प्रतिक्रिया