खेलकूद

इटालियन सिरी एमा इन्टर मिलानको विजय यात्रा कायमै

हिमालय टिभी
२०७७ चैत २ गते ७:५०
इटालियन सिरी एमा इन्टर मिलानको विजय यात्रा कायमै

२ चैत २०७७ काठमाडौं । इटालियन सिरी ए फूटबलमा शीर्ष स्थानको इन्टर मिलानको विजयी यात्रा जारी छ ।

आफ्नो पछिल्लो खेलमा मिलानले टोरिनोलाई २–१ गोलले हरायो । मिलानका लागि रोमेलु लुकाकु र लाउटारो मार्टिनेजले गोल गरेका थिए ।

टोरिनोकातर्फबाट सानाब्रियाले सान्त्वना गोल गरे । जितसँगै मिलानले २७ खेलबाट ६५ अंक जोडेको छ ।

उता दोस्रो स्थानको एसी मिलानलाई नापोलीले १–० ले स्तब्ध बनायो । एसी मिलानको २७ खेलबाट ५६ अंक छ । त्यस्तै अर्को खेलमा युभेन्टसले काग्लिएरीमाथि ३१ गोलको शानदार जित निकाल्यो ।

युभेन्टसको जितमा सबै गोल क्रिष्टियानो रोनाल्डोले गरेका थिए । उनले १०, २५ र ३२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । काग्लिएरीका लागि ६१ औं मिनेटमा गिओभानी सिमेओनले एक गोल फर्काए ।

ह्याट्रिकसँगै रोनाल्डोले औपचारिक खेलमा सर्वाधिक गोल गर्ने ब्राजिलका महान फूटबलर पेलेको कीर्तिमान उछिनेका छन् ।

रोनाल्डोले पेलेको ७ सय ६७ गोललाई पछि पार्दै आफ्नो गोल संख्या ७ सय ७० पुर्‍याएका हुन् ।

रोनाल्डोले आफ्नो कीर्तिमान तोडेपछि पेलेले सामाजिक सञ्जालमार्फत उनलाई शुभकामना दिएका छन् । जितपछि तेस्रो स्थानको युभेन्टसको २६ खेलबाट ५५ अंक भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्