आन्दोलन गर्न सुर्खेत आएका वादी समुदायलाई घर फर्कन खर्च अभाव

हिमालय टिभी
२०७७ चैत १ गते १८:३४
आन्दोलन गर्न सुर्खेत आएका वादी समुदायलाई घर फर्कन खर्च अभाव

१ चैत २०७७ सुर्खेत । आन्दोलनका लागि सुर्खेत आएका वादी समुदायलाई घर फर्कन खर्च अभाव भएको छ । कर्णाली प्रदेश सरकारसँग पाँच बुँदे सहमति भए पनि उनीहरु घर फर्कन सकेका छैनन ।

सरकारसँग गत बुधबार पाँच बुँदे सहमति भए पनि घरसम्म जाने बस भाडा र घर पुगेपछि खाने अन्न नभएको भन्दै बादी समुदाय सुर्खेतमै यातायात भाडाको जोहोमा जुटेको छ ।

बिहीबारै घर फर्किने सहमति भए पनि आर्थिक अभावले जान नसकिएको संघर्ष समितिका संयोजक हिक्मत वादीले बताउनु भयो ।

करिब १ सय ५० जना व्यक्ति आफ्नै खर्चमा फर्किए पनि ३ सय जना अहिले पनि खुलाचौरमा बसिरहेका छन् । उनीहरूका लागि बस भाडा मात्र ८७ हजार रुपैयाँ र घरमा पुगेर एक हप्तालाई पुग्ने खाद्यान्न व्यवस्थापनका लागि थप करिब ३ लाख रुपैयाँ आवश्यक पर्ने उनीहरुको भनाइ छ ।

जग्गा माग गर्दै सुर्खेत, दैलेख, जाजरकोट र कालीकोटका ४ सय ४० जना वादी समुदायका व्यक्तिहरू सुर्खेत आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *