खेलकूद

एन्फा प्रिसिडेन्ट लीग फूटबलको सबै तयारी पूरा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १ गते १७:०४
एन्फा प्रिसिडेन्ट लीग फूटबलको सबै तयारी पूरा (भिडियो रिपोर्टसहित)

१ चैत २०७७ बाँके । नेपालगञ्जमा भोलिदेखि शुरु हुने एन्फा प्रिसिडेन्ट लीग फूटबलको सबै तयारी पूरा भएको छ ।

लुम्बिनी प्रदेश फूटबल संघले आज पत्रकार सम्मेलन गरी सात वटै प्रदेशका टिम सहभागी हुने यो प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । अखिल नेपाल फूटबल संघ एन्फाको आयोजनामा पहिलोपल्ट नेपालगन्ज रंगशालामा एन्फा प्रिसिडेन्ट लीग फूटबल हुन लागेको हो ।

प्रतियोगितामा सातै प्रदेशका लीग च्याम्पियन टिमबीच प्रतिस्पर्धा हुनेछ । जसअनुसार प्रदेश १ बाट सैनिक फूटबल क्लब झापा, प्रदेश २ बाट मनकामना युवा क्लब रौतहट, बाग्मती प्रदेशबाट धादिङ युवा क्लब, गण्डकी प्रदेशबाट त्रिवेणी युवा क्लब, लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके , कर्णाली प्रदेशबाट लेकाली युवा क्लब जुम्ला र सुदूरपश्चिम प्रदेशबाट स्टार सिटी क्लब कैलालीको टोलीले प्रतिस्पर्धा गर्ने छन ।

प्रतियोगिताको शीर्ष चार टोलीले राष्ट्रिय लीग खेल्न पाउने छन् । यो प्रतियोगिताले मोफसलका टिम र खेलाडीलाई पनि राष्ट्रियस्तरको लीगसम्म पुर्‍याउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो ।

चैत १५ गते सम्म चल्ने प्रतियोगिताको विजेता टिमले १० लाख रुपैयाँ, उपविजेता टिमले ५ लाख र फेयर प्लेले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

त्यसैगरी उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट गोलकिपर, डिफेन्स, मिड फिल्डर, स्ट्रायकरर प्रशिक्षकले जनही २५ हजार पाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्